‘कबड्डी–४’को टिजर सार्वजनिक, वैशाख २३ बाट प्रदर्शन हुने
‘कबड्डी–४’ को टिजर सार्वजनिक गरिएको छ । सोमबार भिडियो साझेदारी सञ्जाल युट्युवबाट चलचित्रको टिजर सार्वजनिक गरिएको हो । निर्माण युनिटले टिजर सार्वजनिक गर्दै आगामी वर्षको वैशाख २३ बाट चलचित्र प्रदर्शन हुने जनाइएको छ ।
‘कबड्डी’ सिरिजको अन्तिम सिरिजका रुपमा तयार भएको यो चलचित्रको छायाँकन झण्डै २ साता अघि मात्र सकिएको हो । चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, सौगात मल्ल, रेश्मा गुरुङ, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘कबड्डी’ को अन्तिम सिरिज भएकोले ‘द फाइनल म्याच’ समेत भनिएको छ । बासुरी फिल्मस् र सुष्मा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र ध्वज कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन र कालीप्रसाद बाँस्कोटा र एसडी योगीको संगीत रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
