कबड्डी कबड्डी कबड्डी निर्माण हुने

चलचित्र कबड्डीको दोस्रो सिक्वेल कबड्डी कबड्डी कबड्डी निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।
रामबाबु गुरुङको निर्देशन हने चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विल्सनविक्रम राई, अरुणा कार्की, विजय बराल, कमलमणि नेपाल, रिश्मा गुरुङ, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहने छ ।
बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने चलचित्रमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार चलचित्रका निर्माता हुन् ।
जेठ ५ देखि छायाँकनमा जाने चलचित्रमा रामबाबु र उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र ध्वज कार्कीको छायाँकन र रोहित शाक्यको पार्श्वसंगीत रहने जनाइएको छ ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung