कार्तिक ४ मा ‘के घर के डेरा’

बुधवार राजधानीमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र कार्तिक ४ गतेबाट प्रदर्शन हुनेछ ।
चलचित्रको गत हप्ता छायांकन सकिएको थियो । छायांकन सकिएसँगै चलचित्र डिजिटल र वितरक राइट्सको लफडामा समेत मुछिएको थियो । आकस्मिक पत्रकार भेटघाट कार्यक्रममा निर्माण टिमले यी सवै कुराको जवाफ पनि दिएकको हो ।
सोही कार्यक्रममा निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको चलचित्र ‘परस्त्री’लाई पछाडि सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागिएको जानकारी दिइयो । घोषणाको समयमा ‘परस्त्री’को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको थियो । अब यो चलचित्रलाई फागुन १९ मा सारिएको छ । शर्मिलाले जेठो छोरा दीपेन्द्रको चलचित्रका लागि ‘परस्त्री’को रिलिज डेट सारेको जानकारी दिइन् ।
‘के घर के डेरा’ र ‘परस्त्री’को प्रदर्शन मिति घोषणा कार्यक्रममा शर्मिलाले भनिन्, ‘मैले घोषणाकै समयमा ‘परस्त्री’को रिलिज डेट घोषणा गरेको थिएँ । तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि जेठो छोरा दीपेन्द्र के खनालको चलचित्रका लागि प्रदर्शन मिति छाडेको हुँ ।’ ‘परस्त्री’लाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् ।
‘के घर के डेरा’मा वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको पनि अभिनय छ । चलचित्रमा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, शंकर थापा स्माइलको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।
निर्माण टिमले पत्रकार सम्मेलनमा आफ्नो चलचित्रको नाममा कसैले पैसा उठाएको विषयमा जानकारी नभएको जानकारी दिएको छ । कोरोना महामारी अगाडी चलचित्रको कार्यकारी निर्मातामा सिंगे लामा रहेपनि छायांकन समयसम्म पुग्दा उहाँ टिमको सम्पर्कमा नआएकाले आफ्नो हिसाव काम अघि बढाएको कार्यकारी निर्माता युवराज कार्कीले बताए ।
निर्माता मध्येका एक शरद श्रेष्ठले चलचित्रको डिजिटल र वितरक राइट्स बेच्ने अधिकारी निर्मातालाई मात्र हुने भएकाले आफुहरु सो विषय जानकारी नभएको खुलाए । हामी चलचित्रको छायांककन अगाडी बढाएपछि उहाँहरु हामी कहाँ आउनु भाको थियो । टिमसँग सल्लाह गरेपछि हामीले हाल सम्झौता गरेका कम्पनिसँग यस्तो डिल भएको छ, त्यही अनुसार गरौंभन्दा उहाँहरु मान्नु भएन ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal