‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक
चलचित्र ‘के घर के डेराः घर नं २’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र के खनाल निर्देशित चलचित्रको टिजरमा आफ्नो दुःख अरूलाई सुनाएर मन हलुंगो बनाएको दृश्य समावेश छ ।
गाउँबाट काठमाडौंमा आएर संघर्ष गर्ने आम नेपालीको संघर्षलाई टिजरले प्रतिनिधित्व गरेको छ । पशुपतिको किनारमा दुई पात्रले आ–आफ्नो कथा साटेको देखाउँदै टिजरले चलचित्रले सामाजिक कथावस्तु उठाएको संकेत गरेको छ । पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ ।
पृथ्वी एक डेराको रुपमा रहेको र हरेक मान्छेले भाडा तिरिरहेकाले तेरो र मेरो भन्नुको कुनै अर्थ नरहेको सन्देश टिजरमा उल्लेख छ । यसअघि गत बिहीबार चलचित्रका तीनवटा पोस्टर सार्वजनिक गरिएको थियो ।
चलचित्र जेठ २ मा रिलिज हुँदैछ । चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा चलचित्र निर्माण भएको हो । चलचित्रको कथा बुद्धि सागरले लेखेका हुन् ।
कृष्णबहादुर थापाको छायांकन रहेको चलचित्रका निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने कार्यकारी निर्माता युवराज कार्की हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
