‘के घर के डेरा – घर नं २’को पोस्टर सार्वजनिक
चलचित्र ‘के घर के डेरा – घर नं २’को पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दीपेन्द्र के. खनालको जन्मदिनको अवसर पारी चलचित्रका तीनवटा पोष्टर सार्वजनिक गरिएको हो ।
प्रेम भाव झल्काउने पोस्टरमा साइकल डोर्याइरहेका खगेन्द्र लामिछाने अगाडि हिँडिरहेकी उपासना सिंह ठकुरीलाई हेर्दै मुस्कुराएको देखिन्छ । यस्तै अर्को पोस्टरमा घरको ६ वटा झ्यालबाट ६ पात्र वा परिवारको मनोदशालाई प्रस्तुत गरिएको छ । उक्त पोष्टरमा खगेन्द्र, उपासनासहित निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित कोही खुसी त कोही निराश भावमा देखिएका छन् । तेस्रो पोस्टरमा भने अभिनेता बस्नेत तनावपूर्ण भावमा दौडिरहेका देखिन्छन् ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा नकिम उद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जन निर्माता तथा युवराज कार्की कार्यकारी निर्मातामा छन् । आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा बुद्धि सागरको लेखन र कृष्णबहादुर थापाको छायाँकन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
