‘के घर के डेराः घर नं २’ सिक्वेल नभएको निर्देशक खनालको प्रष्टोक्ति

निर्देशक दीपेन्द्र के खनाल ‘के घर के डेराः घर नं २’ अर्को चलचित्र ‘के घर के डेरा’को सिक्वेल नभएको जनाएका छन् । पछिल्लो समय कुनै चलचित्रको पछि २ थपेर सिक्वेलकै शैलीमा मार्केटिङ गर्ने प्रचलन बढीरहेको समयमा निर्देशक खनालले भने सिक्वेल नभएको स्पष्ट पारेका हुन् ।
दुई वर्ष अघि बनेको चलचित्र ‘के घर के डेरा’को नाममा घर नम्बर २ थपेका कारण चलचित्र सिक्वेल हो कि भन्ने लाग्नु स्वभाविक हो । यद्यपी निर्देशक खनाल भन्छन् – ‘यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा चलचित्रमा छ । तर, यो के घर के डेराको सिक्वेल होइन’ । उनी थप्छन् – ‘यो बिलकुल नयाँ चलचित्र हो । नयाँ कथा हो । यो चलचित्रले नयाँ कथा लिएर आउँछ ।’
निर्देशक खनालले यो चलचित्र सोसल ड्रामा भएको जनाएका छन् । चलचित्रलाई साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट लेखन हो ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् ।
Latest Updates
New Releases (Baishak 26)
-
Jaar
Director : Phurba Tshering Lama
Casts : Geetanjali Thapa, Saugat Malla, Anoop Bikram Shahi -
Unko Sweater
Director : Nabin Chauhan
Casts : Bipin Karki, Miruna Magar, Sunil Pokharel, Maotse Gurung, Wilson Bikram Rai
Next Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal