दिनेश गौतमको स्वरमा ‘जुनकिरी’

गायक दिनेश गौतमको स्वरमा ‘जुनकिरी’ बोलको गीत सार्वजनिक भएको छ । सोमबार दिनेश गौतमको अफिसियल युटुब च्यानलमा उक्त गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राम कुमार इलानको शब्द र जोसेफ शाही ठकुरीको संगीत भरेका छन् । एस के बच्चनले गीतको एरेन्ज गरेका छ्न ।
गीतमा छोरा–बुहारी धन कमाउँन लागेपछि बृद्ध बुवाको मनमा आउँने भाव लाई प्रस्तुत गरिएको छ । मनको बह मेटाउँन लिएको रक्सीको साहारा राम्रोसंग प्रष्ट्याइएको छ । भिडियोका निर्देशक प्रिन्स डेइनिल हुन् । सार्वजनिक भिडियोमा सुरेन्द्र केसी (मुलाको साग), सारदा गिरी, बिष्णु सापकोटा, राम चन्द्र अधिकारी, निशा खातुन, अमित ठाकुर र कृष्ण कान्त ठाकुरको अभिनय रहेको छ । कलाकारको अभिनय जिवन्त रहेको छ।
रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई टेक बहादुर शाहीले सम्पादन गरेका हुन् । सार्वजनिक भिडियो ‘जुनकिरी’ लाई राम चन्द्र गौतमले निर्माण गरेका छ्न ।
Latest Updates
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak