चलचित्र ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने चलचित्रको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गोदावरी चलचित्र प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा जीवन सेञ्चुरीको निर्देशन छ ।
सार्वजनिक ट्रेलरमा बालिकाको भूमिकामा देखिएकी अस्मिता ढकालको विवाहदेखि गर्भवती अवस्थासम्मको पीडालाई देखाइएको छ । केटी माग्न गएको दृश्यदेखि सुरु ट्रेलरमा विवाह पछि बालिकालाई पति, सासुले दिएको दुःख र पीडालाई देखाइएको छ । गाउँका खलपात्रले उनलाई लगाएको कुदृष्टिलाई पनि ट्रेलरमा स्थान दिइएको छ । बाल विवाह गरेपछि एउटा बालिकाको जीवनमा कस्तोसम्म पीडा र दुःखका दिन सुरुवात हुन्छ भन्ने कुरा ट्रेलरमा देखाइएको छ । छोरीलाई विवाह गरेपछि उसका बाबुआमाको छोरीप्रतिको पीरलाई पनि ट्रेलरमा समेटिएको छ ।
ट्रेलरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई समेटिएको छ । ट्रेलर रिलिज पछि निर्माता दीपकप्रसाद घिमिरेले चलचित्रमा वास्तविकता भएकाले दर्शकलाई छुने बताए । ‘हामी जुनसुकै पेशा व्यवसायमा भए पनि यो हाम्रै घरको र गाउँको कथा हो । यस्ता घटना नेपालमा मात्र नभई दक्षिण एसियामा पनि प्रशस्त छन् । यस्तो चलचित्रले त्यस्तो हिंसाबाट बचाउन सहयोग गर्छ भन्नेमा हामी आशावादी छौं’, उनले भने ।
निर्देशक जीवन सेञ्चुरीले चलचित्रले नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहु विवाह, बलात्कार र छाउपडी प्रथाजस्ता कुप्रथालाई अन्त्य गराउन समाजमा चेतना फैलाउन प्रेरित गर्ने बताए । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
