चलचित्र ‘जुनाः एक व्यथा’को बुकिङ खुला
शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ । दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको चलचित्रका लागि देशभरका हलमा बुकिङ खुला भएको छ ।
चलचित्रका लागि नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा १० शो र उपत्यका बाहिर १४, वान सिनेमाज ४, एफक्यूब चाबहिलले २, बीग मुभिज ३, कीर्तिपुर सिनेप्लेक्स कीर्तिपुरले २, आइएनआईले ७, रञ्जना सिनेप्लेक्सले २, इलाइट सिनेमाजले ३, पाथीभरा सिने प्लाजाले २, सिने रोयलले २, विश्वज्योति सिनेमाले २ शो दिएका छन् ।
निर्माता दीपकप्रसाद घिमिरेका अनुसार चलचित्रको बुकिङ सुखद रहेको छ । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र गोदावरी चलचित्र प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।
चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
