चलचित्र ‘जुना’ को फस्टलुक सार्वजनिक
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको बहुप्रतिक्षारत चलचित्र ‘जुना’ को फस्टलुक सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने चलचित्र गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको हो । चलचित्रमा जीवन सेञ्चुरीको निर्देशन छ ।
फस्टलुकमा चलचित्रकी प्रमुख कलाकार अस्मिता ढकाललाई सोलो रुपमा प्रस्तुत गरिएको छ । फस्टलुकमा अस्मितालाई ग्रामीण पहिरनमा देख्न सकिन्छ । सिन्दुर, पोते र हातमा बाला लगाएकी अस्मिता कतै हेरिरहेकी छन् । पृष्ठभूमि हेर्दा उनी रुखको फेदमा बसेको अनुमान लगाउन सकिन्छ । पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन् ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ ।
निर्देशक सेञ्चुरीले चलचित्रले ‘बाल विवाह सामाजिक अपराध हो । त्यसकारण यसलाई अन्त्य गरौं’ भन्ने नारा लिएको बताए । ‘‘जुना’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको चलचित्र हो । नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस चलचित्रको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने । उनले चलचित्रले बाल विवाह तथा महिलाको मुद्धा बोकेको हुँदा नेपाल सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्न लिएको लक्ष्यलाई सघाउने बताए ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको चलचित्रमा दीपकप्रसाद घिमिरेको लगानी छ । चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
