‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार’ नृत्यनिर्देशक केसीलाई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिभिन्न बिधामा ‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७९’ प्रदान गरेको छ । भानु जयन्तीको अवसर पारी शुक्रबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भाषा एवम् साहित्य, संस्कृति, संगीत तथा नाट्य र ललितकला गरि चार बिधाका सष्टा तथा सर्जकहरुलाई पुरस्कार प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री किरातीले बिशिष्ठ ब्यक्तिहरुलाई पुरस्कृत गर्न पाउँदा आफुलाई पनि गर्व भएको बताएका छन् ।
जस अन्र्तगत संगीत तथा नाट्य बिधा तर्फ लुम्बिनी प्रदेशको प्युठान स्थायि घर भएका बरिष्ठ नृत्यनिर्देशक जोगेन्द्र केसीले प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गरेका हुन् । मन्त्री किरातीले नृत्यनिर्देशक केसीलाई ५० हजार रुपैयाँ धन राशी सहित उक्त पुरस्कारबाट पुरस्कृत गरेका हुन् । पुरस्कृत केसी विगत तीन दशक देखी नृत्यनिर्देशकका रुपमा कला क्षेत्रमा सक्रिय छन् । नेपाली मौलिक नृत्यलाई विदेशमा समेत प्रदर्शन तथा प्रचार गरि कलासंस्कृति मात्र नभएर साँस्कृतिक पर्यटन प्रवद्र्धनमा समेत केसीको योगदान रहदै आएको छ । केसीले यस अघि राष्ट्रपति बिद्यादेवी भण्डारीबाट नेपाल सरकारद्वारा प्रदान गरिने जनसेवाश्री पदक समेत प्राप्त गरिसकेका छन् । पुरस्कार प्राप्त गरेपछि बोल्दै नृत्यनिर्देशक केसीले ‘जिम्मेबारी थपिएको र यात्रा नरोकिएको’ प्रतिक्रिया दिएका छन् । हाम्रा कतिपय मौलिक नृत्य तथा संस्कृतिलाई जर्गेना तथा प्रवद्र्धन गर्न अझै बाँकी रहेको र यो पुरस्कारले त्यसतर्फ पनि आफुलाई थप जिम्मेबार बनाएको केसीको भनाई छ ।
राष्ट्रिय जीवनका बिबिध क्षेत्रमा आ–आफ्नो तर्फबाट बिशिष्ठ योगदान पु¥याएका प्रतिभालाई पुरस्कृत गर्ने हेतुले २०५० देखि यो पुरस्कारको स्थापना भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार कार्यबिधि २०७४ अन्र्तगत रही पुरस्कृत व्यक्तित्वहरुको छनौट गरिएको हो । लुम्बिनी प्रदेशका केसीसँगै कोशी प्रदेशका शेखर चापागाई, मधेश प्रदेशका सुनिल मल्लिक, बाग्मती प्रदेशका भुवनदास श्रेष्ठ, गण्डकी प्रदेशका खिम बहादुर गौतम, कर्णली प्रदेशका फुलमाया दर्जी र सुदुरपश्चिम प्रदेशका डम्बर बहादुर रोकाया पनि संगीत तथा नाट्य बिधा तर्फ प्रादेशिक प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् ।
सोही कार्यक्रममा महाकवि देवकोटा पुरस्कार, भगतसर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार, आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार, योगमाया राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार र शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कारबाट बिभिन्न सष्ट्रा तथा सर्जकहरुलाई पुरस्कृत गरिएको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
