कार्तिक २२ मा ‘जीवन काँडा कि फूल’
चलचित्र ‘जीवन काँडा कि फूल’ कार्तिक २२ गतेबाट प्रदर्शन हुने भएको छ । चलचित्र साहित्यकार झमक घिमिरेको मदन पुरस्कार प्राप्त कृति जीवन काँडा कि फूलमा आधारित छ ।
विनोद विष्टले निर्माण तथा निर्देशन गरेको चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बहिनीको भुमिकामा बाल कलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भुमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।
झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् ।
शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता बद्री चौहान उमेश सुवेदी र जुनु गौतम रहेका छन् ।
विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण र निर्देशन गरिसकेका छन् ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri