प्रदर्शन मिति तय गर्दै ‘जीवन काडा कि फूल’को पोष्टर सार्वजनिक
मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काडा कि फूल’ चैत २२ देखि प्रदर्शनमा आउने भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको प्रदर्शन मिति र पोष्टर सार्वजनिक गरिएको हो ।
२०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काडा कि फूल’मा आधारित चलचित्र साहित्यकार झमक घिमिरेको जीवन कहानीमै आधारित रहेको निर्माता तथा निर्देशक बिनोद बिष्टले जनाएका छन् ।
चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेले अभिनय गरेका छन् । चलचित्रमा शिव ढकालको छायाँकन, कमल राईको नृत्य निर्देशन र तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

