‘कार्की साइँला’मा जितु नेपाल अनुबन्धित
अभिनेता जितु नेपाल चलचित्र ‘कार्की साइँला’मा अनुबन्धित भएका छन । राजेन्द्र बस्नेतले निर्देशन गर्न लागेका चलचित्रको मुख्य भुमिकामा नेपाल अनुबन्धित भएका हुन् ।
बालकुमार राई र श्याम मगर निर्माता रहने चलचित्रले ग्रामीण जीवनको कथा भन्ने जनाइएको छ । कर्ण बहादुर फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण हुने चलचित्रको प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ रहेका छन् । चलचित्रले भुइँ मान्छेको कथा भन्ने निर्देशक बस्नेतले बताए ।
चलचित्रमा डम्बर बहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत रहने छ । अन्य कलाकारको छनौट भइरहेको निर्माण टिमले जनाएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
