Kumari Bank

‘जिन्दगी तिम्रो र मेरो गीत’ भिडियो सार्वजनिक

लेन्सनेपाल २०७७ फागुन ३
‘जिन्दगी तिम्रो र मेरो गीत’ भिडियो सार्वजनिक

‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत र शिव परियार र बानीका प्रधानको स्वर रहेको छ ।

सार्वजनिक गीतमा दुई पुस्ताको प्रेमलाई देखाईएको छ । पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको भिडियोमा रिता कट्टेल, इन्जामम अलि खान, सुप्रिया खनाल र जेरी साउदको अभिनय रहेको छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ पनि देखिएका छन ।

दीवाकर भट्टराईले निर्देशन गरेको भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी, पासांग टि शेर्पाको कलानिर्देशन, महेश पौडेलको डिओपी, कृष्ण भण्डारीको कलर करेक्सन, दिर्घ खड्काको सम्पादन र रिवाज कार्कीको भिएफएक्स रहेको छ ।