‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक
चलचित्र ‘हेल्लो काँशीराम’को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर र नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियो काठमाडौंस्थित बालमन्दिरमा सेट लगाएर छायांकन गरिएको हो । गीतको भिडियोमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसी लगायतले नृत्य गरेका छन् ।
रेडलाइन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रका रिम बिश्वकर्माको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा पी.बी. थापाको लगानी रहेको छ ।
दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई, उमेश मायालुलगायतका कलाकारको अभिनय रहेको चलचित्रमा यम आलेको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
