‘झिल्को‘को सुरुवाती ब्यापार निराशाजनक
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘झिल्को‘को सुरुवाती ब्यापार निराशाजनक देखिएको छ । शुक्रबार हलमा चलचित्र हेर्ने दर्शकको संख्या निकै न्यून छ । देशभर करिब ४५ शो पाएको चलचित्रको शनिबारको ब्यापारमा उल्लेख्य सुधार नआए आइतबारबाट हलमा टिकिराख्न निकै मुश्किल हुने देखिन्छ ।
यादवकुमार भट्टराई निर्देशित चलचित्रको रिलिजको पूर्व सन्ध्यामा प्रिमियर शोको आयोजना गरिएको थियो । यद्यपी धेरैले यसलाई प्रिमियर भन्दा पनि फ्यामिलि शोका रुपमा लिएका छन् । चलचित्र युनिटका पारिवारिक सदस्यले सिट भरिदा केही चलचित्रकर्मीहरु सिढीमा बसेर चलचित्र हेरेको समेत देखियो ।
सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको मुख्य भूमिका रहेको चलचित्र मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे बनेको हो ।
‘झिल्को‘ को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन् । निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन् । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, निमेश श्रेष्ठको सम्पादन र चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ । चलचित्र मिडिया फर कल्चर प्रालिको प्रस्तुतिमा बनेको हो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
