यस्तो बन्यो ‘जेरी २’ को थिम पोस्टर

अभिनेता अनमोल केसी र आना शर्माको मुख्य भुमिका रहने चलचित्र ‘जेरी २’ को थिम पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा एक युवालाई ब्याग बोक्दै लौरी टेकेर यात्रामा हिँडिरहेको देख्न सकिन्छ ।
हेमराज बिसीको निर्देशनमा निर्माण हुने चलचित्रमा पुर्णिका सिजापतीको पनि मुख्य भुमिका रहनेछ । ८ बर्ष अघि निर्माण भएको सुपरहिट ‘जेरी’को सिक्वेलको रुपमा यो चलचित्र निर्माण हुँदैछ । चलचित्रमा अभिनय गर्ने अन्य कलाकारको लागि निर्माण पक्षले दार्जिलिङ, सिक्किम र गान्तोकमा अडिसन समेत गरेको थियो ।
अनन्या फिल्मस् र नेपकम्स ग्लोबलको ब्यानरमा निर्माण हुने ‘जेरी अन टप’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन । चलचित्रको कथा, पटककथा तथा संवाद निर्देशक बिसी र विश्वास तिमसिनाले लेखेका हुन् ।
फागुन अन्तिम साताबाट फ्लोरमा जाने चलचित्रको छायांकन अस्ट्रेलिया, अमेरिका र सगरमाथा क्षेत्रलगायतका रमणीय स्थानमा गरिनेछ ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal