जेवी टुहुरे अभिनन्दित
बरिष्ठ गायक जेबी टुहुरे अभिनन्दित भएका छन् । सर्लाहीको हरिवनमा श्रवण द्वन्द पीडित बालगृहमा आयोजित ‘जेवी टुहुरे एकल गायनको चौथो श्रृखला’मा गायक टुहुरे अभिनन्दित भएका हुन् । सो अवसरमा टुहुरेले आफ्ना कालजायी गीतहरु प्रस्तुत गरेका थिए । द्वन्द पीडित बालगृहको सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको हो ।
आमा माया बोलको गीतबाट शुरु भएको कार्यक्रममा टुहुरेले बसाई हिड्नेको तातीले, दुःखको बोझ विसाउन, पानी चल्दैन रे, बरु मेरो छाती छेड्लालगायतका आफ्ना १४ कालजयी गीतहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि रहेका थिए । नेपालले ६ दशक लामो समय जेवी टुहुरेले प्रगतिवादी सांगीतिक क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
