चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक

आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको रकडेलस्थित थर्डआई फंक्सन सेन्टरमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
निर्माताद्धय सुरज ल्वागन (सरकार) र राज के अधिकारीको पहलमा अभिनेता सलोन बस्नेत, आमेष भण्डारी र सुशान्त कार्की लगायततका विशेष व्याक्तिहरुको उपस्थितिमा चलचित्रको ट्रेलर रिलिज कार्यक्रम गरिएको हो । अष्ट्रेलियाको रकडेलमा आयोजित कार्यक्रमको सामाजिक सञ्जाल फेसबुकमा लाइभ समेत गरिएको थियो ।
निर्माताद्धय ल्वागन र अधिकारीले अभिनेता सलोन बस्नेत चलचित्रको प्रचारको लागि अष्ट्रेलिया आएको अवसरमा ट्रेलर रिलिज कार्यक्रम नेपालमा नभई रकडेलमा गरिएको बताए । चलचित्रको कार्यक्रममा नेपाली तथा अष्ट्रेलियाका मिडियाकर्मीको पनि उपस्थिति रहेको थियो । चलचित्रको विदेश राइट्स नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले किनेका छन् ।
टेक पौरखी राईद्वारा निर्देशित चलचित्रमा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी र बनिश शाहको सम्पादन रहेको छ ।
चलचित्रमा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । चलचित्रका निर्माता राज के अधिकारी र सुरज ल्वागन सरकार हुन् ।
Latest Updates
-
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi