चलचित्र ‘जय हो’को गीत सार्वजनिक

चलचित्र ‘जय हो’को गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रमा समाबेश ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द तथा संगीत र सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ ।
चलचित्रका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । टेक पौरखी राईको निर्देशन निर्माण भएको चलचित्रमा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
शोभित बस्नेतकको प्रस्तुती रहेको चलचित्रमा सम्राट बस्नेतको द्धन्द्व, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, सुरेश न्यौपानेको लेखन, सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहेको छ । रहेको छ ।
कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको चलचित्रका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । मुस्ताङ र कास्कीमा छायाँकन गरिएको चलचित्र भाद्र ८ गतेबाट प्रदर्शन हुने जनाइएको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal