‘जय हो’को प्रचारका लागि देश दौडाहामा निस्कदै सलोन

आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’का मुख्य अभिनेता सलोन बस्नेत अष्ट्रेलिया प्रचार सकेर शुक्रबार नेपाल फर्केका छन् । अब उनी नेपालमा चलचित्रको प्रचारको काममा व्यस्त हुनेछन् ।
‘जय हो’ अष्ट्रेलियाका ४० ओटा हलमा एकसाथ रिलिज हुनेछ । त्यहाँका वितरक देव कार्कीसँग मिलेर सलोनले हरेक हलमा चलचित्रको व्यानर समेत राखेका छन् । उनी अष्ट्रेलियाका विभिन्न शहरमा वितरक र निर्मातासँगै पुगेर दर्शकलाई चलचित्रको बारेमा जनाकारी दिएका छन् । त्यहाँ चलचित्र हेर्न दर्शक निकै प्रतिक्षारत रहेको अभिनेता बस्नेतले बताए ।
सलोन अब अ प्रचारको लागि देश दौडाहामा निस्कने तयारीमा छन् । टेक पौरखी राईद्वारा निर्देशित ‘जय हो’मा सलोनका अलवा केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।
शोभित बस्नेत प्रस्तुतकर्ता रहेको ‘जय हो’मा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । ‘जय हो’मा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता सुरज ल्वागन (सरकार) र राज के अधिकारी हुन् ।
Latest Updates
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota