चलचित्र ‘जवाफ’ निर्माणको घोषणा, थिम पोष्टर सार्वजनिक

चलचित्र ‘जवाफ’ निर्माणको घोषणा गरिएको । चलचित्रको थिम पोष्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
काभ्रे फिल्म्सको ब्यानरमा निर्माण रहने चलचित्रलाई दक्षिण भारतीय निर्देशक करणले निर्देशन गर्नेछन् । प्रशान्त गिरीको निर्माण रहने चलचित्रमा सञ्चारकर्मी सचित खड्का काकर्यकारी निर्माता रहने छन् ।
सार्वजनिक पोस्टरमा ‘सपना पूरा गर्न अपराधको बाटो रोज्नेहरुको कथा’ लेखिएको छ । हतियारसहित बस्तीको बाटोको बिचमा उभिएको एक पात्रको पृष्ठभूमिमा प्रहरी भ्यान देखाइएको छ । पोस्टरले चलचित्र डार्क एक्सन थ्रिलर रहेको सङ्केत गर्छ ।
चलचित्रको सम्पूर्ण छायाङ्कन भारतमा हुने बताइएको छ । चलचित्रको अन्य कलाकार र प्राविधिकका बारेमा निर्माण टिमले जानकारी दिएको छैन । चलचित्र २०८३ सालमा प्रदर्शनमा आउने जनाइएको छ ।

Latest Updates
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel