Mansara

छायाँकार जावेद शाहको निधन

२०७७ असोज ९
छायाँकार जावेद शाहको निधन

छायाँकार जावेद शाहको निधन भएको छ । शाहको बुधबार राधानीको क्षेत्रपाटी स्थित आफ्नै निवासमा निधन भएको हो । ७० वर्षिय शाहको मुश्लिम परम्परा अनुरुप बिहिबारनै अन्तिम संस्कार सम्पन्न गरिएको छ । यद्यपी शुक्रबार मात्र उनको निधनको खबर बाहिरिएको हो ।

तत्कालिन समयमा निकै रुचाइएका छायाँकार शाहको आकस्मिक हृदयघातका कारण निधन भएको चलचित्र प्राबिधिक संघका अध्यक्ष पुस्कर लामाले जानकारी दिएका छन् ।

निर्देशक प्रकाश सायमीका अनुसार रुसमा चलचित्र अध्ययन गरेर फर्केपछि शाहले शुरुवाति समयमा केही डकुमेन्ट्रीहरुमा काम गरेका थिए । सन् १९८३ को चलचित्र बदलिदो आकाशमा एसोयिट छायाँकारका रुपमा काम गरि उनी चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।

शाहले पूर्ण छायाँकारका रुपमा भने चलचित्र भाग्य रेखा बाट काम शुरु गरे । शाहले विजय पराजय, युग देखी युग सम्म, कसम, चोखे मायालगायत झण्डै डेढ दर्जन चलचित्रमा काम गरेका छन् । उनको अन्तिम चलचित्र भने सन् २००४ मा प्रदर्शन भएको बिजयरत्न निर्देशित मनको टुक्रा हो ।

हक्की स्वभावका शाहले एक मैथली चलचित्रमा समेत काम गरेका छन् । स्वर्गिय शाहको परिवारमा ५६ वर्षिय श्रीमती र दुई छोरा छन् ।

FILMOGRAPHY 

Movie Credit Release Date
Man Ko Tukra Cinematography Feb 11, 2004
Natedar Cinematography Jul 17, 2001
Rani Khola Cinematography Dec 23, 1998
Zameen Cinematography Apr 13, 1998
Avatar Cinematography Feb 16, 1997
Simana Cinematography Mar 02, 1996
Pratikshya Cinematography Oct 01, 1995
Jwala Cinematography Dec 16, 1994
Pratigya Cinematography Oct 10, 1994
Chokho Maya Cinematography Mar 14, 1993
Kasam Cinematography Aug 22, 1992
Yug Dekhi Yug Samma       Cinematography Aug 25, 1991
Bijaya Parajaya Cinematography Dec 06, 1990
Bhagya Rekha Cinematography Nov 08, 1989
Badlido Aakash Associate Cinematography       Nov 08, 1983
Mahajatra