जात्राको सिक्वेल जात्रै जात्रा निर्माणको घोषणा
सन् २०१६ को सफल चलचित्र जात्राको सिक्वेल निर्माणको घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच जात्राको सिक्वेल जात्रै जात्रा निर्माणको घोषणा गरिएको हो ।
निर्माण घोषणासँगै चलचित्रको प्रदर्शन मिति समेत तय गरिएको छ । चलचित्र सन् २०१९ मार्च १ अर्थात २०७५ फागुन १७ गतेबाट प्रदर्शनमा आउने छ । प्रदिप भट्टराइको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्रको छायाँकन कात्तिक ११ गतेबाट सुरु हुने जनाइएको छ । ३५ दिनमा छायाँकन सक्ने लक्ष्य निर्माण पक्षको छ । चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्कीलगायतका कलाकारको अभिनय रहने जानकारि दिइएको छ ।
चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँ हुन भने सिंगे लामा र यादव पौडेलको लगानी रहनेछ । चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन र मित्र डी गुरुङको सम्पादन रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
