‘जस्मिन’को पोस्टर सार्वजनिक
चलचित्र ‘जस्मिन’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेता आर्यन अधिकारी फिचर्ड छन् ।
एउटा संघर्षरत संगीतप्रेमीको जर्नीमा आधारित चलचित्रलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । एक अन्जान पात्रले उक्त संगीतप्रेमीलाई कतिसम्म निस्वार्थ सहयोग गर्छ भन्ने कुरा नै चलचित्रको मुख्य कथा हो ।
चलचित्रमा आर्यनका अलावा अशिष्मा नकर्मी, के.के अधिकारी, सेविका प्याकुरेल, रुपा राना, अभय बराल, नविन लम्साल, एलिशा शर्मा, विशाल पहाडी, कृष्ण खनाल, मिना बानियाँ र बालकलाकार श्रवणी थापाले अभिनय गरेका छन् । सेविकाले यहि चलचित्रबाट ठुलो पर्दामा डेव्यु गरेकी हुन् ।
मेनका फिल्मस प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा किरण घिमिरे (माइकल)को लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि गुरुङको सम्पादन र कल्याण सिंह, एलिश कार्की र किरण घिमिरेको संगीत छ ।
चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
