‘जारी २’ निर्माणको घोषणा, दशैंमा प्रदर्शन गरिने
२०८० सालको सार्वाधिक सफल चलचित्र ‘जारी’को सिक्वेल बन्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर एक पोष्टर सार्वजनिक गर्दै ‘जारी २’ निर्माणको घोषणा गरिएको छ ।
सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । चलचित्रको ट्याग लाइन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । चलचित्रमा ‘जारी’कै लेखक तथा निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहनेछ । चलचित्र निर्माणको घोषणा सँगै यही वर्षको दशैंका लागि रिलिज मिति समेत घोषणा गरिएको छ ।
बैशाख तेस्रो साताबाट फ्लोरमा जाने चलचित्रमा दयाहाङका साथै विजय बराल, मिरुना मगर, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रलाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । चलचित्रको छायांकन पाँचथरको विभिन्न पर्यटकिय गन्तव्यमा गरिने जनाइएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
