बाग्लुङ कालिकामा ‘जलाकी’को छायाँकन

चलचित्र ‘जलाकी’को टाइटल मोसन पोस्टर सार्वजनिक गरिएको हो । अशोक थापा मगरले निर्देशन गर्ने चलचित्रको पोखराको बिन्ध्याबासिनी मन्दिरमा शुभ मुहूर्त गरिए पनि आज बाग्लुङको कालिका भगवती मन्दिरमा छायाँकन भइरहेको छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिह ठकुरी, अस्तित्व भट्टचन र आकृति राजभण्डारीको मुख्य भुमिका रहेको छ । गायक सुशान्त केसीको चर्चित गीत बार्दलीबाट उदाएकी मोडल आकृति राजभण्डारीको यो डेव्यु चलचित्र हो ।
कसैको सम्झना र मायाको प्रतिकको रुपमा मानिने ‘जलाकी’ मगर समुदायको आस्थाको प्रतिक ढुंगाले चिनेको स्तम्भलाई बुझाउँछ । चलचित्रको छायांकन तिन चरणमा गरिने जनाइएको छ । रुकुम, म्याग्दी, बाग्लुङ, पोखराका विभिन्न भुभाग र दक्षिण कोरियामा समेत छायांकन गरिने निर्देशक मगरले जनाएका छन् ।
एम मिडिया प्रालीको व्यानरमा निर्माण हुने चलचित्रमा ओम घर्तीमगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माता रहेका छन् । चलचित्रमा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्क बहादुर पुन (खबपु) लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्रमा शैलेन्द्र डी काकीको डिओपी, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टको गीत रचना रहनेछ ।
Latest Updates
-
-
-
विजय अभिनित ‘जनै हराएको मान्छे’को टिजर सार्वजनिक, कोरिया सपनाको कथा
-
‘शाम्बाला’ उत्कृष्ट चलचित्र, विजय र उपासना उत्कृष्ट अभिनेता/अभिनेत्री
-
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak