चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक

चलचित्र ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच सार्वजनिक ट्रेलरले चलचित्रको कथा जार संस्कृतिमा आधारित रहेको खुलासा गरेको छ । भागेर अर्को बिहे गरेकी स्त्रीको दोस्रो पतिलाई पहिलो पतिले जार भन्ने प्रचलन छ ।
चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । आगामी बैशाख २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ४ वर्षअघि नै निर्माण भएको हो । चलचित्रको मुख्य भूमिकामा अनुप विक्रम शाही, सौगात मल्ल र गीताञ्जली थापाको अभिनय रहेको छ ।
फूर्वा छिरिङ लामाको निर्देशनमा तयार यो चलचित्रको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । अधिकांश कलाकार र सम्पूर्ण प्राविधिक टिम भारतबाट नै छन् । होप रिल्स, एलए सेभेन सर्ट्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो चलचित्रको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal