‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक
आगामी साउन ११ गतेबाट रिलिज हुने चलचित्र ‘ईश्वर’को गीत ‘डुब्दै डुब्दै थिएँ म’ सार्वजनिक भएको छ । कृष्ण काफ्ले र गीता पाण्डेको स्वर रहेको गीतमा भीष्मराज फूलाराको शब्द र अर्जुन पोखरेलको संगीत छ ।
ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा चलचित्रका कलाकारद्वय पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन् । पोखरा आसपास छायांकन गरिएको गीतमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देखाइएको छ । गीतमा चलचित्रका केही दृश्यहरुलाई पनि स्थान दिइएको छ ।
राजु गिरी निर्देशित चलचित्रमा ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सबिन बास्तोला, माओत्से गुरुङ, पृथ्वीराज प्रसाई, रविन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ । पछिल्लो पटक चलचित्र ‘पसिना’मा देखिएकी नायिका अनु शाह ५ वर्ष पछि ‘ईश्वर’मार्फत अभिनयमा कमव्याक गरेकी छन् ।
दिव्या कंगना चलचित्रसको ब्यानरमा निर्माण भएको चलचित्रमा हरिबहादुर थापाको निर्माण छ । चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । फिल्ममा लक्ष्मी कुँवर थापा प्रस्तुतकर्ता छिन् ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चलचित्रमा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
