‘इण्टुमिण्टु लण्डनमा’ सफलताको केक काट्दै ‘आई एम ट्वान्टी वान’ निर्माणको घोषणा
चलचित्र इण्टुमिण्टु लण्डनमा निर्माण टिमले दोस्रो चलचित्र पनि निर्माण गर्ने भएको छ । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमका बिच आइकोर फिल्मस्को व्यानरमा ‘आई एम ट्वान्टी वान’ नामको अर्को चलचित्र निर्माणको घोषणा गरिएको हो ।
चलचित्रको नाम घोषणा गरिएपनि यसका कलाकार तथा प्राविधिकहरुको नाम भने खुलाइएको छैन । निर्देशक रेनशा राईले कलाकारहरु दोहोरिन सक्ने जनाएकी छिन । यद्यपी धिरज मगर र सारुक ताम्राकार दोहोरिन सक्ने संकेत गरेकी उनले साम्राज्ञी राज्यलक्ष्मी शाह दोहोरिने सम्भावना न्यून रहेको स्पष्टै संकेत गरेकी छिन ।
सो अवसरमा चलचित्रले मंगलबारसम्म ३ करोड ३० लाख कमाएको भन्दै सफलताको केक समेत काटिएको थियो । कार्यक्रममा निर्देशक रेनशा राई, निर्माता प्रज्ज्वल शमशेर जबरा, नायकद्धय धिरज मगर र सारुक ताम्राकार उपस्थित थिए भने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह उपस्थित थिइनन् ।
केक काटेर नायकद्वयलाई खुबाउँदै गर्दा निर्देशक राईले साम्राज्ञी बिरामी भएकोले कार्यक्रममा उपस्थित हुन नसकेको बताइन । तर, पत्रकारहरुले आगामी चलचित्रमा नहुने पक्का जस्तै भएकोले यो कर्यक्रममा नआएकी त होइनन भनी सोध्दा उनले ए हो । ला... होला सायद भनेकी छिन । उनको यो भनाईले पनि साम्राज्ञी अर्को चलचित्रमा नदोहोरिने लगभग स्पष्ट पारेको छ ।
चलचित्र ‘आई एम ट्वान्टी वान’ आगामी वर्षको दशैंमा प्रदर्शन हुने जनाइएको छ ।
तस्विर : केशव खड्का / सुत्र इन्टरटेनमेण्ट




Latest Updates
New Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora
Next Releases (Falgun 2)
-
Dukhi Aatma
Director : Dipendra Lama
Casts : Dayahang Rai, Aanchal Sharma, Anoop Bikram Shahi, Buddhi Tamang, Puskar Gurung -
Rangi
Director : Suresh Neupane
Casts : Salon Basnet, Dilip Rayamajhi, Namrata Shrestha, Aayushi Dhakal, Bishal Pahadi