‘इन्टु मिन्टु लण्डनमा’ प्रिमियर सम्पन्न, चलचित्रकर्मीले दिए सकारात्मक प्रतिक्रिया
चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को भव्य प्रिमियर गरिएको छ । राजधानीमा आयोजना गरिएको रेड कार्पेट प्रिमियरमा चलचित्रकर्मी र पत्रकारहरुको बाक्लो उपस्थिती थियो ।
रेनशा वान्तवा रार्इ निर्देशित चलचित्रको प्रिमियरमा चलचित्रका मुख्य कलाकार सहित भूवन केसी, झरना थापा, नम्रता श्रेष्ठ, केकी अधिकारी, वेनिशा हमाल, दिनेश राउत, सुदर्शन थापा, दिपाश्री निरौला, सुनिल कुमार थापा, हेमराज बिसी, सुरेन्द्र पौडेल, रमेश उप्रेति, प्रचण्डमान श्रेष्ठ, सिमोस सुनुवार, प्रदिप कुमार उदय लगायतका चलचित्रकर्मीहरु उपस्थित थिए । रिलिजको पूर्व सन्ध्यामा गरिएको प्रिमियरमा चलचित्रले उपस्थित पाहुनाबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
रेड कार्पेटमा डेव्यु नायक धिरज मगर, अर्का नायक सारुक ताम्राकार र निर्देशक रेनशा वान्तवा रार्इ एकसाथ पुगेका थिए । तर, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने आफ्नी आमाको साथमा निकै ढिला आएकी गरि थिइन् ।
प्रिमिरय शुरु हुनु अघि उपस्थित पाहुनालार्इ मुख्य कलाकार सहित टिमले सम्बोधन गरेको थियो । सम्बोधनको क्रममा निर्देशक रेनशा भक्कानिएकी थिइन् । उनी करिब ५ मिनेट बोल्नै सकिनन् । उनले आफ्नो परिवार नेपाल भएको भन्दै गर्दा गला अवरुद्ध भए । धिरज पनि बोल्ने क्रममा रोएका थिए । साम्राज्ञीले आफू केही नर्भस भएको बताइन् । उनले आफु भन्दा पनि चलचित्रले नै बोल्ने भन्दै खासै केही भनिनन् ।
२ घन्टा २० मिनेट लामो चलचित्रले लण्डनमा भेट भएका इन्टु र मिन्टुको प्रेम, उनीहरुको प्रेममा आउने अवरोधको वरिपरी नै घुमेको छ ।
चलचित्रमा सम्राज्ञी, धिरज र शारुकका अलवा विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिसा बजगाईलगायतको अभिनय रहेको छ ।
प्रभु शम्शेर जबरा र प्रज्ज्वल शम्शेर जबराले निर्माण गरेको चलचित्रमा सुश्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सहनिर्माता रहेका छन् । चलचित्रमामा शैलेन्द्रध्वज कार्कीको छायाँकन, रेनशा वान्तवा राई र प्रज्ज्वल शमशेर जबराको कथा रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
