आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको साधारण सभा फेब्रुअरी २ मा

आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम साधारण सभा आगामी फेब्रुअरी २ का दिन ओहायो राज्यमा हुने भएको छ । आप्रवासी नेपाली गीतकार संघ, अमेरिकामा रहेका नेपाली गीतकारहरुको संस्था हो ।
नेपालीहरुले उक्त दिन बिद्याकी देबी सरस्वतीको पुजा गर्ने भएकोले सोही दिन संस्थाले आफ्नो वार्षिक सभा गर्दै आएको छ । संघका अध्यक्ष हरि उप्रेतीले कार्यक्रममा नेपाली साहित्यमा सक्रिय सबै साहित्यकारहरुको उपस्थितिको अपेक्षा गरेका छन् । कार्यक्रममा साहित्य सम्बन्धि बिबिध चर्चा–परिचर्चा सहित सांस्कृतिक एवं साहित्यिक कार्यक्रमहरु संचालन हुने जनाइएको छ । साथै केही नयाँ कृतिहरुको सोही कार्यक्रममा लोकार्पण पनि गरिने उप्रेतीले जनाएका छन् ।
ओहायो राज्यको रेनल्डसबर्ग शहरमा हुने उक्त सभाबाट संस्थाको भावि कार्ययोजना तय हुने बताइएको छ ।
Latest Updates
New Releases (Shrawn 24)
-
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak
Next Releases (Bhadra 6)
-
Magne Raja
Director : Rishi Lamichhane
Casts : Kedar Ghimire, Barsha Shiwakoti, Wilson Bikram Rai, Shishir Bangdel, Sharada Giri