Mahajatra

आइफा अवार्ड गर्न स्वीकृति दिएको हो, एक रुपैयाँ दिइएको छैन : सञ्चारमन्त्री बाँस्कोटा

२०७६ आषाढ १६
आइफा अवार्ड गर्न स्वीकृति दिएको हो, एक रुपैयाँ दिइएको छैन : सञ्चारमन्त्री बाँस्कोटा

आइफा अवार्डका लागि सरकारले १ अर्व रुपैयाँ बजेट छुट्याएको भनि चलचित्रकर्मीबाट बिरोध भइरहदा सरकारका प्रवत्ता तथा संचार, सूचना तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले त्यसको खण्डन गरेका छन् ।

चलचित्र विकास बोर्डको १९ औं वाषिर्कोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँसकोटाले आइफा अर्वाडका लागि सरकारले एक रुपैयाँ पनि नदिएको जनाएका छन् । आइफा अवार्डका लागि १ अर्व दिने भन्ने समाचार सुनेपछि आफुले मन्त्रीपरिषदको निर्णय पल्टाएर हेरेको तर त्यहाँ त्यस्तो केही पनि उल्लेख नभएको उनको भनाई छ । 

मन्त्री बाँस्कोटाले आइफा अवार्ड आयोजनाका लागि सरकारले अनुमति दिने निर्णय गरेको जनाएका छन् । भोलिका दिनमा हलिउडले अवार्ड गर्छु भन्यो भने पनि दिनुपर्ने उनको भनाई छ । उनले आफुले हस्ताक्षर गरेर मन्त्रीपरिषदको निर्णयको कपी सार्वजनिक गरेको र त्यहाँ पनि त्यस्तो केही उल्लेख नभएको जनाएका छन् ।

चलचित्रकर्मीहरुले आइफा अवार्ड जस्ता कार्यक्रम हुनुपर्ने तर सरकारले त्यसमा खर्च गर्न नहुने भनि बिरोध गरिरहदा मन्त्री बाँसकोटाले उक्त कार्यक्रमका लागि १ रुपैयाँ पनि दिने निर्णय सरकारले नगरेको जनाएका छन् ।