चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक
कात्तिक ३० गते रिलिज हुने चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा एक्सन, प्रेम र बिछोडको कथा देख्न सकिन्छ । एक धार्मिक धामभित्र रहेको प्रेम जोडीको कथा र प्रेम पाउनका लागि उनीहरूले गरको संघर्ष ट्रेलरमा देख्न सकिन्छ ।
चन्द्र पन्तले निर्देशन गरेको चलचित्रको ट्रेलरमा अधिकांश प्रमुख कलाकारलाई देख्न सकिन्छ । चलचित्रमा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको चलचित्रलाई बलिउडका चर्चित चलचित्रटोग्राफर कवीरलालले खिचेका हुन् ।
यसअघि केही भोजपुरी चलचित्रको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली चलचित्र हो । अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको चलचित्र नेपाली, तेलुगु र हिन्दी गरी तीन भाषामा रिलिज हुनेछ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
