जापानका १४ शहरमा प्रदर्शन हुँदै ‘ह्रस्व दीर्घ’

कात्तिक ३० गते बाट नेपालमा प्रदर्शन हुने चलचित्र ‘ह्रस्व दीर्घ’ जापानका १४ शहरमा पनि प्रदर्शन हुने भएको छ । टोकियो, नारिता, नागोया, फुकुओका, चिबा, ओशाका, कोबे, क्योतो, सिजुओका, निगाता, ओकिनावाका, एबीको, फुनाबासी लगायत १४ शहरमा चलचित्र प्रदर्शनको टुङ्गो लागेको हो ।। यद्यपी प्रदर्शन मिति भने अझै सार्वजनिक गरेको छैन ।
जापानका लागि प्रदर्शन अधिकार विटिकेएस इन्टरटेन्मेन्टले खरिद गरेको हो । छिट्टै प्रदर्शन मिति सार्वजनिक गरिने वितरक विमल न्यौपानेले जनाएका छन् ।
बलियो स्टारकाष्टका कारण चलचित्रको बिदेश ,राइटस् बिक्री हुने क्रम बढी रहेको छ । चलचित्रमा दक्षिण भारतीयदेखि नेपालका धेरै स्थापित कलाकारले काम गरेका छन् । हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेत्री निता ढुंगाना निर्माता रहेको चलचित्रलाई चन्द्र पन्तले निर्देशन गरेका छन् । नीता फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता धनन्जय गलानी हुन् ।
Latest Updates
-
-
चौथो हप्तामा ‘ऊनको स्वीटर’, १० करोड बढीको ब्यापार गरेको दाबी
-
-
बजेटमा समेटियो छायांकन स्टुडियो निर्माण, सिनेमा पर्यटन र ओटिटीको विषय
-
-
‘समर अमेरिकन फिल्म सिरिज’मा ४ चलचित्र देखाउँदै अमेरिकी दूतावास
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi