निरन्तर युट्युव ट्रेन्डिङमा ‘होस्टेल ३’को ट्रेलर, मुख्य ट्रेन्डिङमा तेस्रो र चलचित्र तर्फ पहिलो

चलचित्र ‘होस्टेल ३’को ट्रेलर निरन्तर ट्रेन्डिङमा छ । गत शुक्रवार सार्वजनिक भएको ६ घण्टामै ट्रेलरले युट्युबको ट्रेन्डिङ यात्रा सुरु गरेको थियो । अहिले पनि ट्रेलर नेपालमा चलचित्र तर्फ पहिलो स्थानमा र करिब १५ वटा देशमा ट्रेन्डिङमा रहेको छ ।
चलचित्र तर्फ पहिलो स्थानमा रहेको ट्रेलर युट्युबको समग्र ट्रेन्डिङमा भने तेस्रो स्थानमा छ । यो समाचार तयार पार्दा सम्म युट्युबको मुख्य ट्रेन्डिङमा रहेका ५० वटा भिडियोहरूमा नेपाली भिडियो ‘होस्टेल ३’को ट्रेलर मात्र छ । पहिलो नम्बरमा भने हालै सम्पन्न नेपाल र म्यानमारबीचको महिला फुटबल खेल रहेको छ । दोस्रोमा मिस्टर बिस्टको सर्ट भिडियो रहेको छ ।
ट्रेलरले विशेष गरी सबै खाडी मुलुकहरू, युरोपियन देशहरू, बेलायत, जापान, अस्ट्रेलिया तथा कोरियामा उल्लेखनीय प्रभाव देखाएको छ । ट्रेलर भारतमा समेत चलचित्र तर्फ ट्रेन्डिङमा छ । यस्तै जापान, अस्ट्रेलिया, रोमानिया, माल्टा, मलेसिया, दक्षिण कोरिया तथा बेलायत लगायतका देशमा समेत ट्रेलर ट्रेन्डिङमा रहेको छ ।
ट्रेलरले नेपालसहित नेपालीहरूको बसोबास रहेका विश्वका विभिन्न देशहरूमा उल्लेख्य प्रभाव छोडेको देखिन्छ । चलचित्रका निर्देशक सशान कँडेलले चलचित्रको प्रचारात्मक सामग्रीलाई दर्शकले मन पराएकोमा खुसी व्यक्त गरे ।
चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा, आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ लगायतको अभिनय रहेको छ ।
माधव शर्माको लेखन रहेको चलचित्रमा अर्जुन तिवारीको छायाँकन, विकास दाहालको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, प्रवीण सिंह र रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ ।
सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता रहेको चलचित्रका सह निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । चलचित्रका कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal