भारतका ५० भन्दा बढी हलमा ‘होस्टेल ३’
नेपाली बक्स अफिसमा सफल भएको चलचित्र ‘होस्टेल ३’ अब भारतमा प्रदर्शन हुँने भएको छ । सशान कँडेलको निर्देशनमा बनेको चलचित्र आगामी सेप्टेम्बर ५ देखि सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम, मणिपुरसहित भारतका ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शन हुने भएको हो ।
भारतमा यसको वितरण गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले गर्दैछन् । नेपालमा सफल भएपछि भारतीय गोरखा समुदायको बाक्लो उपस्थितिका कारण सिक्किम–दार्जिलिङ क्षेत्रका हलमा यसको उच्च माग रहेको बताइन्छ।
चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहेको छ । क्याम्पस जीवनका उतार–चढाव, प्रेम, मित्रता र सङ्घर्षलाई मुख्य विषय बनाएर तयार गरिएको चलचित्रले युवापुस्तामाझ विशेष चर्चा पाएको छ । चलचित्रका लेखक माधव शर्मा हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
