शनिबार ‘ह्यारीकी प्यारी’को ब्यापार उत्साहजनक
चलचित्र ‘ह्यारीकी प्यारी’ले शनिबार अधिकांश हलमा हाउसफुलको व्यापार गरेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनकै दिनमा उल्लेख्य दर्शक नपाए पनि शनिबारको ब्यापार उत्साहजनक छ ।
जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको पहिलो पटक बाँधिएको जोडी हेर्न शनिबार देशभर दर्शकको चाप देखियो । राजधानीका थुप्रै मल्टिप्लेक्समा चलचित्रले हाउसफुलको व्यापार गर्यो ।
चलचित्र हेरेर निस्किने दर्शकले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । अधिकांस दर्शकले यसको कथा बस्तु मन पाएका छन् । शनिबार हल भिजिटका लागि क्युएफएक्स सिभिल मल पुगेका निर्देशक डा. कपिल रिजालले ‘वर्ड अफ माउथ’ले दर्शक हलसम्म आइपुगेको र भोलिका दिनदेखि ‘मास पब्लिसिटी’ले अझ दर्शक बढ्ने विश्वास व्यक्त गरे ।
साम्राज्ञी र जितुसहित कलाकार विजय बराललेपनि दर्शक प्रतिक्रिया बुझ्न वान सिनेमाज र क्युएफएक्स दरबार सिनेम्याक्स र सिभिल मल पुगेका थिए । जहाँ उनीहरुले दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिएका थिए ।
यता आयोजित विशेष शोमा नेपालकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री बसुन्धरा भुषाल, अभिनेत्री मनिषा कोइराला, अभिनेता राजेश हमाल, अभिनेत्री करिश्मा मानन्धर, राप्रपा नेता रविन्द्र मिश्र, डा. सुरेन्द्र केसी, डाक्टर चन्दा कार्की, बैंकर अनिल केशरी शाहलगायतले चलचित्र हेरेर तारिफ गरेका थिए ।
सम्झौताको विवाह गरेका एक जोडीको जीवनमा आउने उतारचढाव रोचक ढंगले बुनिएको चलचित्रमा लक्ष्मी गिरी, सुवाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक रिजालकै कथा रहेको चलचित्रमा सुदिप बराल, गिरिराज घिमिरे, अभिमन्यू निरवी र निर्देशक स्वयम्को लेखन छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
