‘ह्यारी कि प्यारी’को मोसन पोस्टर सार्वजनिक

चलचित्र ‘ह्यारी कि प्यारी’को मोसन पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भुमिका रहेको चलचित्रको पोष्टर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा कलाकारद्वय जितु र साम्राज्ञी फिचर्ड छन् । सोसल कमेडी जनरामा निर्माण भएको चलचित्रको मोसन पोस्टरमा ब्रिफकेस समातेर डलर कमाउन दौडिएको ह्यारी र उसलाई पछ्याइरहेकी प्रेमिकालाई प्रस्तुत गरिएको छ ।
बिआर प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन् ।
डाक्टर कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, रिजाल स्वम् र अभिमन्यू निरवीको पटकथा र संवाद रहेको छ । डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको चलचित्रमा सुदीप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्र माघ २० गतेबाट प्रदर्शन हुनेछ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi