माघ २० मा ‘ह्यारीकी प्यारी’
चलचित्र ‘ह्यारीकी प्यारी’ माघ २० गतेबाट प्रदर्शनमा आउने भएको छ । जितु नेपाल, साम्राज्ञी शाह र विजय बरालको मुख्य भूमिका रहेको चलचित्र कमेडी जनराको हो । यतिबेला मुम्बईको प्राइम फोकस स्टुडियोमा चलचित्रको पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।
चलचित्र बेलायतमा रहेर दन्त चिकित्सा पेसा गरिरहेका कपिल रिजालको निर्माण तथा निर्देशनमा बनेको हो । कपिलले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् । काम गरिसकेपछि राम्रै गर्नु पर्छ भनेर आफु मुम्बई पुगेको रिजालले जनाएका छन् ।
सम्पादनको क्रममा मुम्बई पुगेका कलाकार जितु नेपालले स्टुडियोले बलिउडलाई जस्तै नेपाली चलचित्रलाई पनि माया र सम्मान दिएको जनाए । यस्तै ‘गजनी’, ‘तारे जमीन पर’, ‘पिके’, ‘गोलमाल’, ‘थ्री इडियट्स’, ‘सिंघम’जस्ता बलिउडका चलचित्रमा ध्वनि मिश्रण गरेका सुवीर दासले ‘ह्यारी कि प्यारी’मा काम गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
