‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक
चलचित्र ‘हिउँको गीत’को मोसन पोस्टर सार्वजनिक गरिएको हो । विमल सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्रको पोस्टरले मुख्य कलाकारलाई परिचित गराउनुका साथै विषयवस्तुलाई पनि विम्बात्मक रूपमा प्रस्तुत गरेको छ ।
औँठाछापको पृष्ठभूमिमा बनेको पोस्टरले विस्थापनको कथासँगै कलाकारका उदास आँखा र क्षितिजतर्फको दृष्टिमार्फत चरित्रको अनन्त प्रतीक्षाको नियतिलाई संकेत गरेको छ ।
चलचित्रमा वर्षा राउत, जोयस पाण्डे, आकाश खतिवडा, ईशिर कर्माचार्य र पूजा चन्द केन्द्रिय भूमिकामा रहेका छन् । चलचित्र ओहायो राज्यको क्लिभल्यान्ड र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा छायांकन गरिएको हो । चलचित्रलाई ह्याप्पी होम स्टुडियोजको लागि जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेले निर्माण गरेका हुन् ।
चलचित्रमा नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा सशक्त रुपले समेटेको विमल सुवेदीको भनाइ छ । भुटान, नेपाल र अमेरिकामा जन्मेहुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा, पहिचानको संकट, सङ्घर्ष, नेपाली भाषी भुटानीहरू माथि त्यतिबेलाको शासकले गरेको चरम अन्याय, अत्याचार, बर्बरता र चरम यातना समेटिएको सुवेदीले जानकारी गराए । लेखनमा विमललाई साँघुरो चलचित्रका निर्देशक जोयश पाण्डेले पनि सहकार्य गरेका छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
