चलचित्र ‘हिटम्यान’को पोस्टर र टिजर रिलिज

चलचित्र ‘हिटम्यान’को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच पोष्टर र टिजर रिलिज गरिएको हो । कार्यक्रममा चलचित्रलाई विश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित निर्माण गरिएको निर्देशक बिष्णु अधिकारीले जनाएका छन् ।
इन्डो नेपाली चलचित्र भनिएको ‘हिटम्यान’ नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने निर्देशक अधिकारीले जनाएका छन् । नेपालको काठमाडौं र पोखरा सँगै भारत, फ्रान्सको पेरिस र दुवइमा गरिएको चलचित्र फेब्रुअरीमा रिलिज गरिने जनाइएको छ ।
चलचित्रमा आँचल शर्मा, बिष्णु अधिकारी, प्रशान्त ताम्राकार र मिलन सिजापतिको मुख्य भूमिका रहेको छ । नाइन्टी नाइन सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता दिपक अधिकरी र सहनिर्माता सन्नी लावती हुन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal