कर्णालीको कथामा म्युजिकल चलचित्र ‘हिरुलाल’

कर्णाली प्रदेशको जन–जीवनमा आधारित म्युजिकल चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक गरिएको छ । जुम्लामा विभिन्न स्थानमा छायांकन गरिएको जिकल चलचित्रमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण गरिएको छ ।
सञ्चारकर्मी रतन देवकोटाले निर्देशन गरेको म्युजिकल चलचित्रमा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानियको पिडालाई कथामा ढालिएको छ । त्यसका साथै कर्णाली र सुदुरपश्चिम बासी कसरी सडक र संचार सुविधाबाट बञ्चित छन्, भन्ने कुरालाई पनि नजिकबाट नियाल्ने अवसर दिएको छ । कार्यक्रममा निर्देशक देवकोटाले भने – ‘आफ्नो पहिलो डेव्यु निर्देशकिय म्युजिक चलचित्रमा आफ्नो गृह प्रदेशको कथाव्यथा प्रस्तुत गर्नु पर्छ भन्ने भएपछि एउटा जुझारु टिम बनाएर यो कथा भन्ने आँट गरेको हुँ ।’
गीतको म्युजिक कम्पोज चक्र बमले गरेका हुन् । उनी यो म्युजिकल चलचित्रका एसिस्टेन्ट निर्देशक तथा गायक पनि हुन् । उनलाई यो गीत गायनमा रचना रिमालले साथ दिएकी छन् । गीतमा समावेश ठाडी भाकामा बरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर भरेकी छन् । यस गीतका संगीत निर्माता कोविद बज्र हुन् ।
सौरभ लामिछानेको छायांकन रहेको भिडियोमा ‘प्रकाश’ अभिनेत्री रेनु नाथ योगी, बालकलाकार संजय परियार र गायक चक्र बलमे अभिनय गरेका छन् । अभिनेत्री योगीले ‘प्रकाश’ पश्चात पुनः जुम्लाकी स्थानीय महिलाको भुमिका निवार्ह गरेकी छन् । जो परदेशीयका श्रीमानको प्रतिक्षामा छिन् । यो गीतको कथा, क्रियटिभ निर्देशक तथा प्रोडक्सन डिजाइनर गोविन्द सुनार हुन् ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal