‘हिजो आजका कुरा’को ‘परदेश’ सार्वजनिक

चलचित्र ‘हिजो आजका कुरा’मा समावेश ‘परदेश’ बोलको गीत सार्वजनिक गरिएको छ । वियोगान्त भावको गीतमा हर्कुलस बस्नेतको स्वर तथा संगीत छ भने एकतारे र निर्देशक पन्तको शब्द रहेको छ । साकार पन्तको डेब्यू निर्देशन रहेको चलचित्रको सार्वजनिक गीतमा परदेश र नेपालमा बस्ने परिवारको कथालाई देखाइएको छ ।
करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको सन्तोष पन्त र रमा थपलिया अभिनीत चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’कै नाममा सन्तोष पन्तकै कम्पनीले चलचित्र निर्माण गरेको हो ।
असोज २८ गतेबाट प्रदर्शनमा आउने चलचित्रले चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेशिनु पर्ने बाध्यताको कथा भनेको छ । चलचित्रमा
सन्तोष र रमासँगै केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय रहेको छ ।
चलचित्रमा प्रतिभा पन्त कार्यकारी निर्माता, सन्तोष पन्त र सकार पन्त निर्माता र बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र सहनिर्मातामा छन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal