आगामी जेष्ठ २ मा ‘हेल्लो काशीराम’
फस्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘हेल्लो काशीराम’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले चलचित्र आगामी वर्ष जेठ २ गते प्रदर्शन हुने जनाएको छ ।
पोस्टरमा अभिनेता दिलीप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । चलचित्रको कथावस्तु खुलाइएको छैन, तर पोष्टरले चलचित्र कमेडी जनराको हुन सक्ने संकेत गरेको छ ।
रिम विश्वकर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा दिलीप रायमाझीसँगै सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), भँगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री प्रियङ्का कार्की विशेष भूमिकामा देखिनेछिन् ।
रेडलाइन फिल्म्स् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता पि.बि. थापा हुन् । चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, शङ्कर महर्जनको द्वन्द्व निर्देशन, नरेन्द्र वियोगी र विपिन आचार्यको सङ्गीत संयोजन रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
