Mansara

‘हेल्लो जिन्दगी’को ‘कता कता’ सार्वजनिक

२०७८ फागुन २५
‘हेल्लो जिन्दगी’को ‘कता कता’ सार्वजनिक

चलचित्र ‘हेल्लो जिन्दगी’को ‘कता कता’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुर्य बोहराको शब्द, एलिस कार्कीको संगीत, प्रबिशा अधिकारी र प्रताप दासको स्वर र विष्णु देवाको कोरियोग्राफी रहेको छ । गीतको भिडियो अरुण प्रसाद अलवर्टले खिचेका हुन् ।

एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको यो चलचित्र चैत्र ११ गते बाट प्रदर्शन हुदैछ । चलचित्रमा बिक्रम जोशी, प्रियंका कार्की, दिपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

सत्य घट्नामा आधारित भनिएको चलचित्रमा फ्रेडसिप, सफलता, प्रेम, धोका र बदलाको कथा समाबेश गरिएको छ । चलचित्रको छायाँकन नेपाल र युकेमा गरिएको छ । 

हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको चलचित्रमा सृजना जोशी महर्जन कार्यकारी निर्माता हुन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको चलचित्रमा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा र सम्वादमा रहेको छ । निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले चलचित्रमा पाश्र्वगायन गरेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि. गुरुङको सम्पादन रहेको छ ।

Mahajatra