‘हर्ष’ प्रचारमा पूर्व पुगे खगेन्द्र वर्षा र एकता
एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’को निर्माण टिम देशका विभिन्न शहरमा पुगेर प्रचार गरिरहेको छ । यसैबीच, यो साता सिनेमाको निर्माण टिम पूर्वी नेपालको झापाका विभिन्न स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको हो ।
झापाको बिर्तामोडस्थित लिंकन कलेज, निधि स्कुल, बाल्मीकी स्कुल र चिल्ड्रेन स्कूलमा पुगेर निर्देशक एकता पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले ‘हर्ष’को कथावस्तु बारेमा जानकारी दिँदै सिनेमा हेर्न आग्रह गरेका थिए ।
लामो समयपछि नेपाली सिनेमामा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’को प्रचार सामाग्रीले देखाएको छ । आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने सिनेमाकी निर्देशक निर्देशक पौडेलले पछिल्लो समय नेपाली सिनेमामा पारिवारिक सिनेमाको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको बताइन् ।
न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।
सिनेमामा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ । आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
