प्रदर्शनमा आयो चलचित्र ‘हर्ष’

२०८२ मंसिर १२
प्रदर्शनमा आयो चलचित्र ‘हर्ष’

एकता पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘हर्ष’ देशव्यापी प्रदर्शनमा आएको छ । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रले शुक्रबारका बिहानी शोमा दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएको छ ।

देशभर करिब १०० शोसहित प्रदर्शनमा आएको चलचित्रले पारिवारिक कथालाई केन्द्रमा राखेको छ । चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

चलचित्रमा आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको चलचित्रका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।