३५ दिनमा सकियो ‘हर्ष’को छायांकन

अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्र ‘हर्ष’को छायांकन सकिएको छ । निर्देशक एकता पौडेलले ३५ दिनमा छायाँकन सकिएको जनाएकी छिन ।
चलचित्रको सम्पुर्ण छायांकन चितवनमा नै गरिएको पौडेलले जानकारी दिइन् । चलचित्रका सम्पूर्ण दृष्य र ५ वटा गीत समेतको छायाँकन सकिएको उनले जनाएकी छिन । उनले चलचित्रको सम्पुर्ण पोस्ट प्रोडक्सनको काम सकेपछि मात्रै प्रदर्शन मिति घोषणा गर्ने तयारी रहेको जनाइन ।
चलचित्रमा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय रहनेछ ।
चलचित्रमा आलोक शुक्लाको छायाँकन, वसन्त सापकोटा र एलिश कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन र सुनिल क्षेत्रीले कोरियोग्राफी रहेको छ । ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल हुन् ।
निर्देशक पौडेलले न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा चलचित्र पनि बनाएकी छन् ।
Latest Updates
-
-
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
-
-
‘क्याप्टेन साब’को शुभमुहूर्त, क्याप्टेन थापाको जीवनीलाई खनालले निर्देशन गर्ने
-
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak